• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

 

खबरमुकाम । काठमाडौं, चितवन, नवलपरासी पश्चिम  र धनकुटामा चार जना मृत अवस्थामा फेला परेका छन् । 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटस्थित सडक पेटीमा ओखल्ढुंगा घर भएका ३६ वर्षीय राम बहादुर बस्नेत मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

चितवनको भरतपुर महानगरपालिका–१८ डाँडा गाउँ बस्ने ४५ वर्षीय नथुराम मैनाली आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

नवलपरासी पश्विमको सरावल गाउँपालिका–१ तुल्सीनगरस्थित थारु संग्रालय नजिकै रहेको पोखरीमा हाल पहिचान नखुलेका करिब २० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

धनकुटाको साँगुढीगढी गाउँपालिका–५ मानेडाडा बस्ने ४४ वर्षीय बुद्धि बहादुर लिम्बु सोही ठाउँस्थित बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

मंगलबार मानेडाँडा बजार गएका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै