काठमाडौँ । रङ्गकर्मी भीष्म जोशीले नयाँ म्युजिक भिडियो ‘समय र उमेर’ सार्वजनिक गरेका छन् ।
विद्यालय उमेरको प्रेमभाव र बाल्यकालीन स्मृतिका बिम्बहरूलाई सङ्ग्रहित गरी जोशीले नयाँ साङ्गीतिक कोशेलीका रूपमा गीतको भिडियो सार्वजनिक गरेका छन् ।
सुविन सेन्चुरी र समीक्षा दाहालको स्वरमा रहेको गीतमा भीष्म जोशीका शब्द तथा सविन सेन्चुरीकै सङ्गीत रहेको छ ।
गीतको भिडियोमा रङ्गकर्मी जोशीसहित रिस्ता बस्नेत, नेहा शाही, रवीन्द्र थापा लगायतको अभिनय देख्न सकिन्छ ।
सुजय गौतमको छायाङ्कन तथा हेमन्त अधिकारीको ‘आर्ट डिरेक्सन’ रहेको गीतको भिडियोलाई रङ्गकर्मी जोशी स्वयंले निर्देशन गरेका हुन् ।जेसन लोप्चनको सम्पादन, धिरज अधिकारीको रंग संयोजन तथा साउन्ड डिजाइन रहेको गीतको भिडियो आर्ट घर यु–ट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






