रास्वपाका मन्त्री र सांसदलाई संयमित हुन सभापति लामिछानेको निर्देशन

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदको कार्यशैली र संसदमा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रास्वपा सभापति रवि लामिछानेको उपस्थितिमा भएको छलफलमा संसदमा सांसद तथा मन्त्रीहरूले प्रस्तुत गर्ने व्यवहार र भाषाशैलीबारे विशेष चासो व्यक्त गरिएको हो ।

पछिल्लो समय संसदमा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको तथा आफ्ना माग सम्बोधन नभएपछि सांसदहरूले पनि अमर्यादित र रुखो व्यवहार देखाउने गरेको भन्दै आलोचना हुँदै आएको छ । यही विषयलाई ध्यानमा राख्दै रास्वपाले सांसदहरूसँग छलफल गरेको हो ।

 

छलफलमा जनताका मुद्दालाई संसदमा प्रभावकारी, तथ्यपूर्ण र मर्यादित ढंगले कसरी प्रस्तुत गर्ने भन्ने विषयमा समेत विचार–विमर्श भएको जनाइएको छ । संसदमा रास्वपाका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्नेमा सभापति लामिछानेले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै