काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदको कार्यशैली र संसदमा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रास्वपा सभापति रवि लामिछानेको उपस्थितिमा भएको छलफलमा संसदमा सांसद तथा मन्त्रीहरूले प्रस्तुत गर्ने व्यवहार र भाषाशैलीबारे विशेष चासो व्यक्त गरिएको हो ।
पछिल्लो समय संसदमा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको तथा आफ्ना माग सम्बोधन नभएपछि सांसदहरूले पनि अमर्यादित र रुखो व्यवहार देखाउने गरेको भन्दै आलोचना हुँदै आएको छ । यही विषयलाई ध्यानमा राख्दै रास्वपाले सांसदहरूसँग छलफल गरेको हो ।
छलफलमा जनताका मुद्दालाई संसदमा प्रभावकारी, तथ्यपूर्ण र मर्यादित ढंगले कसरी प्रस्तुत गर्ने भन्ने विषयमा समेत विचार–विमर्श भएको जनाइएको छ । संसदमा रास्वपाका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्नेमा सभापति लामिछानेले जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





