काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेकाले अत्यावश्यक अवस्थामा मात्र हेलिकप्टर प्रयोग गर्न आग्रह गरेको छ । सोमबार जारी सूचनामा प्राधिकरणले बाढी प्रभावित क्षेत्रबाट हालसम्म २५२ जना विदेशी र ३ हजार ३४४ जना नेपाली गरी ३ हजार ५९६ जनाको हवाई उद्धार भइसकेको जनाएको छ ।
तर न्यून प्रभावित, प्रभावित नभएका तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हेलिकप्टरमार्फत उद्धारको माग भइरहेको भन्दै प्राधिकरणले सीमित हवाई स्रोतको दुरुपयोग नगर्न आग्रह गरेको हो । आपत्कालीन अवस्थामा हेलिकप्टरलाई अत्यावश्यक खोज तथा उद्धार एवं राहत सामग्री ढुवानीमा मात्र प्रयोग गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
वैकल्पिक सडकमार्गहरू क्रमशः सञ्चालनमा आउन थालेकाले अत्यावश्यक हवाई उद्धार आवश्यक नभएका व्यक्तिहरूलाई उपलब्ध सडकमार्ग प्रयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
प्राधिकरणका अनुसार धादिङ जोड्ने वैकल्पिक मार्गका रूपमा धादिङबेसी–परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट)–पृथ्वी राजमार्ग सञ्चालनमा रहेको छ ।
त्यस्तै, रसुवा जोड्ने वैकल्पिक मार्गका रूपमा विदुर–ढिकुरे–चौघडा–आप्र–नर्जा–लच्याङ–सरमर्थाले–पाटीखर्क हुँदै बोगटीटार (पासाङ ल्हामु राजमार्ग, रसुवा)–कालिकास्थान–धुन्चे सडक सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।
उक्त मार्गमा हाल चारचक्के साना सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था रहेको प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपालमा जुनसुकै बेला प्रदर्शन हुन सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई गरायो सचेत
- भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
- बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २३ शव फेला
- त्रिशूली–नारायणीमा भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षणपछि व्यवस्थापन
- भोटेकोसी बाढीमा बेपत्ता ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन
- अत्यावश्यक अवस्थामा मात्र हेलिकप्टर प्रयोग गर्न प्राधिकरणको आग्रह
- अझै दुई दिन भारी वर्षाको सम्भावना, तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक
- रसुवा बाढीपीडितको सम्झनामा रुवान्डामा दीप प्रज्वलन



ट्रेन्डिङ
खबरमुकाम






