काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित करिब ४०० परिवारका लागि करिब ११ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरिएको छ।
देशका विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले Delhi Mahal Group, Sitaram Gokul Milks Pvt. Ltd., Arya International Pvt. Ltd. र Puja Surti Udhyog को संयुक्त पहलमा राहत सामग्री उपलब्ध गराइएको हो।
राहत सामग्री काठमाडौँको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट नुवाकोटतर्फ पठाइएको छ। उक्त सामग्री विदुर नगरपालिका–५ पिपलटार, विदुर नगरपालिका–१, त्रिशूली बजार, बेत्रावती तथा रसुवाका बाढी–पहिरो प्रभावित नागरिकलाई वितरण गरिने जनाइएको छ।
विपद्को कठिन समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराई उनीहरूको दैनिकी सहज बनाउन राहत सामग्रीले योगदान पुर्याउने विश्वास लिइएको छ।
राहत सामग्री प्रस्थान कार्यक्रममा Delhi Mahal Group, Sitaram Gokul Milks Pvt. Ltd., Arya International Pvt. Ltd. तथा Puja Surti Udhyog का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
विपद्का समयमा सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले प्रभावित नागरिकलाई आवश्यक राहत तथा सहयोग पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै सम्बन्धित संस्थाहरूले आगामी दिनमा पनि मानवीय सहयोग र सामाजिक उत्तरदायित्वका यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा


ट्रेन्डिङ
खबरमुकाम





