हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन 

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७९औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा हिमालयन एभरेस्ट इन्स्योरेन्सले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ५–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

सामाखुसी फुटसल ग्राउन्डमा भएको प्रतियोगितामा विभिन्न बीमा कम्पनीका टोलीले सहभागिता जनाएका थिए । प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै हिमालयन एभरेस्टले फाइनलसम्मको यात्रा तय गरेको थियो ।

प्रतियोगितामा हिमालयन एभरेस्ट इन्स्योरेन्सका दिनेश कुमार सिंह ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । सोही टोलीका सुनिल थापा उत्कृष्ट डिफेन्डर चुनिए । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका रोशन बुढाथोकी सर्वाधिक गोलकर्ता र सुजन घिमिरे उत्कृष्ट गोलकिपर घोषित भए ।

प्रतियोगिताको समापन समारोहमा नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष चन्द्रसिंह साउद र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले विजेता तथा उपविजेता टोलीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा मोबाइल एप पार्टनरका रूपमा एरिना प्रोको सहकार्य रहेको थियो । एपमार्फत प्रतियोगिताका लाइभ स्कोर, खेलका नतिजा तथा अन्य जानकारी उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

बीमा क्षेत्रका कम्पनीहरूलाई एउटै खेल मैदानमा जोड्दै आपसी सम्बन्ध, सहकार्य, स्वस्थ प्रतिस्पर्धा र टिम स्पिरिटलाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल इन्स्योरेन्स कम्पनीले जनाएको छ । प्रतियोगिताले खेलकुदमार्फत बीमा क्षेत्रभित्र आपसी सद्भाव र सहकार्यको वातावरण निर्माणमा योगदान पुर्‍याएको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै