रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अगुवाइमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा २१ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने भएको छ । आयोजनाको निर्माणका लागि प्रवर्द्धक कम्पनी र सहवित्तीयकरणमा सहभागी बैंकहरूबीच वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।

आयोजनाको कुल लागत ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ । उक्त लागतमध्ये राष्ट्रिय वाणिज्य बैंकको अगुवाइमा नेपाल बैंक लिमिटेड र नेपाल पूर्वाधार विकास बैंक लिमिटेडमार्फत ३ अर्ब ४२ करोड रुपैयाँ सहवित्तीयकरण कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । बाँकी रकम स्वपुँजीबाट व्यवस्थापन गरिनेछ ।

सहवित्तीयकरण कर्जामा राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ४२ करोड रुपैयाँ, नेपाल बैंकको १ अर्ब रुपैयाँ र नेपाल पूर्वाधार विकास बैंकको १ अर्ब रुपैयाँ लगानी रहनेछ ।

आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन सुनिश्चित गर्ने उद्देश्यले बिहीबार राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयमा आयोजना तथा बैंकका प्रतिनिधिको उपस्थितिमा सम्झौता पत्र आदानप्रदान गरिएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले यस्तो आयोजनामा वित्तीय साझेदारका रूपमा अगुवाइ गर्न पाउनु बैंकका लागि गौरवको विषय भएको जनाएको छ । आयोजनाबाट कर्णाली क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै