काठमाडौँ । एनएमबि बैंक लि. तथा काङ हाइड्रोपावर कम्पनी लि. बीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ्ग जिल्ला, मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
एनएमबि बैंक लि.को तर्फबाट दिनेश दुलाल – चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग तथा काङ हाइड्रोपावर कम्पनी लि. को तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर पश्चात एनएमबि बैंक लि. का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्र आदान प्रदान गरे ।
सोही कार्यक्रममा एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समय सिमा भित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखि सोको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गरे । गणेश प्रसाद सुब्बाले एनएमबि बैंक लि.लाई धन्यवाद ज्ञापन गर्नुका साथै माथिल्लो मैवा खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता समेत जाहेर गरी कार्यक्रमको समापन गरे ।
एनएमबि बैंक लि.ले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ । नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति -Environmental and Social Policy_ तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण तथा सामाजिक जोखिम व्यवस्थापन गर्नको लागि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागु गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





