काठमाडाै । नेपालगञ्जको बिद्युत अनियमितता बिरुद्ध नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रलाई ज्ञापन पत्र बुझाईएको छ । बास नेपालको आयोजनामा आज सम्पन्न भएको भ्रष्टाचार बिरुद्ध शुद्धिकरण (सत्याग्रह) कार्यक्रम मार्फत सो ज्ञापन पत्र बुझाईएको हो । नेपालगञ्जको चर्काे गर्मी, बिद्युतको मनपरी, नागरिकहरुलाई सास्ति कहिले सम्म ? भन्ने प्रश्न गर्दै आधा घण्टा नागरिक समाजका तर्फबाट नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रको गेटमा आधा घण्टा धर्ना दिईएको उक्त कार्यक्रममा बोल्दै नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले बिद्युत प्राधिकरणको मनपरीका कारण भईरहेको बिद्युत अनियमितताका कारण चर्काे गर्मीमा नेपालगञ्जबासीहरु पीडित भएको बताए । कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्राविधिक कारण देखाएर बिद्युत प्राधिकरण पन्छिन खोजेको आरोप लगाए । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष मन भण्डारी, सचिव रमेश सिटौला, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा लगायतले नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका निमित्त प्रमुख बुद्धिसागर भुसाललाई ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । ज्ञापन पत्र बुझ्दै नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका निमित्त प्रमुख बुद्धिसागर भुसालले समस्या समाधानका लागि पहल गर्ने बताए । हस्तान्तरण गरिएको ज्ञापन पत्रमा नेपालकै बढि गर्मि हुने सहर मध्येको एक सहर नेपालगञ्जको चर्काे गर्मिमा सधैं नेपालगञ्जबासीहरु बिद्युत अनियमित हुँदा सास्ति भोग्न बाध्य भएको, हरेक बर्षको गर्मि समयमा जस्तै यस बर्षको गर्मियाम शुरु भएसँगै बिद्युत प्राधिकरणको मनपरी, अर्कमण्यता शुरु भएको उल्लेख छ । कानुनी र कागजी रुपमा नेपालगञ्ज लोडसेडिंग मुक्त छ तर अघोषित लोडसेडिङ्ग छ ।
अदालतको आदेशलाई अवहेलना नगरे जस्तो हुने गरि अघोषित लोडसेडिङ्ग गर्ने गरिएको छ –ज्ञापन पत्रमा भनिएको छ– बिभिन्न प्राबिधिक कारण देखाई बिद्युतले बिद्युत सेवा अवरुद्ध गर्ने गरेको छ । बर्ष भरि कानामा तेल हालेर सुत्ने गर्मीयाममा ग्राहकहरुलाई सास्ति दिदै बिभिन्न बहानामा बिद्युत अनियमित गर्नु गैर जिम्मेवारीको परकाष्टा हो । ज्ञापन पत्रमा भनिएको छ –एक दिनमा बिद्युत सेवा कति समय, कहाँ, कहाँ अवरुद्ध हुने हो ? सो को जानकारी नदिई झ्याप, झ्याप बिद्युत सेवा काटिंदा त्यसको प्रत्यक्ष मारमा ग्राहकहरु पर्ने गरेका छन् । बिद्युतकोे समस्या समाधानका लागि गरिएको पहल बारे आम नागरिकलाई सुसुचित गराउने कार्य तर्फ बिद्युत कहिल्यै पनि अग्रसर रहेको पाईदैन न त नागरिकहरुको गुनासोनैं व्यवस्थापन भएको पाईन्छ । ज्ञापपत्रमा लेखिएको छ –बिद्युत सेवा अनियमित हुँदा उपभोक्ताले कहाँ, कसरी, कुन माध्यमबाट गुनासो गर्ने, गुनासो सुनुवाईको व्यवस्था के गरिएको छ ? सो को जानकारी समेत गराउन बिद्युत अग्रसर रहँदैन, आम नागरिकहरुका तर्फबाट उपलब्ध गराईएको टोल फ्रि नम्वरको समेत सहि सदुपयोग भएको पाईदैन । उल्लेखित गैर जिम्मेवारीपन कहिले सम्म ? बिद्युत अनियमितताका बिरुद्ध आम नागरिकहरुका तर्फबाट खवरदारी सहित तत्काल बिद्युत सेवा नियमित गर्न, नागरिकहरुको सूचनाको हक सुनिश्चित गर्न र नागरिकहरुका गुनासो व्यवस्थापन गर्न बास नेपालको आयोजनामा मिति २०८२ जेष्ठ ३० गते सम्पन्न भ्रष्टाचार बिरुद्ध शुद्धिकरण (सत्याग्रह) कार्यक्रम मार्फत नागरिक समाजका तर्फबाट ध्यानाकर्षण गराईएको छ – ज्ञापनत्र पत्रको अन्तमा भनिएको छ –अन्थथा चरणबद्ध दवावका कार्यक्रममा जान हामी बाध्य हुने व्यहोरा अनुरोध छ । ज्ञापन पत्रमा गैसस महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट, युवा घरका सहसचिव जानकी बि.क., गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष मन भण्डारी, भ्वाईस नेपालगञ्जका अध्यक्ष रमेश सिटौला लगायतले हस्ताक्षर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- परशुराम चौहानको अन्तर्राष्ट्रिय फड्को, पाए यस्तो सम्मान
- राष्ट्रिय वाणिज्य बैंकले कृषिमा प्राथमिकताका साथ लगानी बढाउँदै
- खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक एनआईसी एशिया बैंकको आग्रह
- ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै
- पञ्चकोट सर्किटः ऐतिहासिक र धार्मिक पर्यटकीय स्थल
- अझै जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप
- पर्यटकीय गन्तव्य बन्दै भर्जन कालिका मन्दिर
- संसारकोटमा एक करोडभन्दा बढी लगानीमा पर्यटकीय संरचना निर्माण


ट्रेन्डिङ
खबरमुकाम





.jpg)

