काठमाडौं । भोटेकोसीको भीषण बाढीमा परी बेपत्ता व्यक्तिमध्ये हालसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले सोमबार बिहान ९ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन् ।
प्राधिकरणका अनुसार हालसम्म रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ वटा शव फेला परेका छन् ।
यस्तै, सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ३, रसुवाका ८६५, नुवाकोटका १ हजार ५५८, जलविद्युत् आयोजनाका ९३३ र मकवानपुरका ६५ जना रहेका छन् ।
यसैगरी ५९२ जना विदेशी नागरिक, विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपालमा जुनसुकै बेला प्रदर्शन हुन सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई गरायो सचेत
- भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
- बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २३ शव फेला
- त्रिशूली–नारायणीमा भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षणपछि व्यवस्थापन
- भोटेकोसी बाढीमा बेपत्ता ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन
- अत्यावश्यक अवस्थामा मात्र हेलिकप्टर प्रयोग गर्न प्राधिकरणको आग्रह
- अझै दुई दिन भारी वर्षाको सम्भावना, तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक
- रसुवा बाढीपीडितको सम्झनामा रुवान्डामा दीप प्रज्वलन



ट्रेन्डिङ
खबरमुकाम






