भोटेकोसीमा तत्काल ठूलो बाढीको जोखिम नरहेको महाशाखाको भनाइ

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले भोटेकोसी नदीमा तत्काल ठूलो बाढीको जोखिम नरहेको जनाएको छ । आइतबार बिहान नदीमा पानीको बहाव केही बढे पनि हाल ठूलो बाढीको अवस्था नरहेको महाशाखाले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाअनुसार नुवाकोटमा पनि नदीको बहाव केही बढेको भए पनि ठूलो बाढीको अवस्था नरहेको महाशाखाले स्पष्ट पारेको छ ।

महाशाखाका अनुसार हाललाई रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको जानकारी गराइएको छ । यद्यपि पछिल्लो बाढीको घटनालाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै