चीनबाट दुई वाई–२० विमानमा राहत सामग्री र सुरुङ उद्धार विज्ञ नेपाल आए

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले चीनबाट दुईवटा विमानमा ल्याइएका आपत्कालीन राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको जनाएको छ ।

दूतावासका अनुसार आइतबार बिहान करिब ७ बजे चीनको पीएलए वायुसेनाका दुई ठूला वाई–२० कार्गो विमानमार्फत राहत तथा आपत्कालीन सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य धर्म केसी पनि उपस्थित थिए ।

दूतावासका अनुसार राहत सामग्रीसँगै उद्धार उपकरणसहित चारजना चिनियाँ सुरुङ उद्धार विज्ञ पनि नेपाल आएका छन्। उनीहरूले विपद् प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै