राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिंहदरबार प्लाजास्थित कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको छ । बैंकले कार्यालय समयपछि थप एक घण्टासम्म सीमित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले भदौ २२ गतेदेखि सन्ध्याकालीन काउण्टर सेवा सुरु गरेको हो ।

नयाँ व्यवस्थाअनुसार ग्राहकले साँझ ५ बजेदेखि ६ बजेसम्म कर्पोरेट शाखाबाट चेक भुक्तानी, नगद जम्मा लगायतका सीमित बैंकिङ सेवा लिन सक्नेछन् ।

नियमित कार्यालय समयमा अत्यावश्यक बैंकिङ कारोबार गर्न नसकेका ग्राहकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको यो सेवाले उनीहरूलाई कारोबार सम्पन्न गर्न सहज हुने बैंकको अपेक्षा छ ।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेटेर ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनलमार्फत सेवा दिइरहेको छ ।

बैंकका अनुसार ४८ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जा, एटीएम, मोबाइल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै