काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिंहदरबार प्लाजास्थित कर्पोरेट शाखाबाट सन्ध्याकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको छ । बैंकले कार्यालय समयपछि थप एक घण्टासम्म सीमित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले भदौ २२ गतेदेखि सन्ध्याकालीन काउण्टर सेवा सुरु गरेको हो ।
नयाँ व्यवस्थाअनुसार ग्राहकले साँझ ५ बजेदेखि ६ बजेसम्म कर्पोरेट शाखाबाट चेक भुक्तानी, नगद जम्मा लगायतका सीमित बैंकिङ सेवा लिन सक्नेछन् ।
नियमित कार्यालय समयमा अत्यावश्यक बैंकिङ कारोबार गर्न नसकेका ग्राहकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको यो सेवाले उनीहरूलाई कारोबार सम्पन्न गर्न सहज हुने बैंकको अपेक्षा छ ।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेटेर ३१६ शाखा कार्यालय र ३३८ एटीएम टर्मिनलमार्फत सेवा दिइरहेको छ ।
बैंकका अनुसार ४८ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जा, एटीएम, मोबाइल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





