कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते आयोजना गर्ने भएको छ । बैंकले बालुवाटार रोडस्थित बैंक्वेटमा साधारणसभा बोलाएको हो ।

साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट बैंकका अग्राधिकार सेयरधनीलाई अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत र अन्य सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिने भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा–नोक्सान बाँडफाँटसम्बन्धी प्रस्ताव पनि साधारणसभामा प्रस्तुत गरिनेछ । बाह्य लेखापरीक्षक नियुक्तिलगायत अन्य प्रस्तावसमेत सभामा छलफल हुने बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षमा बोनस सेयर र नगद लाभांशसहित कुल १५ दशमलव ६७९५ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ । यसैगरी, लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ ।

बुक क्लोजअघि अर्थात् भदौ १७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र बैंकको लाभांश प्राप्त गर्न तथा वार्षिक साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै