काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच व्यावसायिक सवारीसाधन खरिदका लागि कर्जा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ ।
सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङका भाइस प्रेसिडेन्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सिप्रदी ट्रेडिङका आधिकारिक डिलरमार्फत टाटा ब्रान्डका पिकअप तथा व्यावसायिक साना सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई बैंकले कर्जा सुविधा उपलब्ध गराउनेछ ।
बैंकले आफ्ना १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत ब्याजदरमा यस्तो कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । सम्झौताअनुसार विद्युतीय सवारीसाधन खरिदका लागि अधिकतम ६० प्रतिशतसम्म र आन्तरिक दहन इन्जिन (आईसीई) सवारीसाधनका लागि अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुने व्यवस्था गरिएको छ ।
यो सहकार्यबाट व्यवसाय, कृषि तथा साना उद्यमका लागि व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय पहुँच पुग्ने बैंकको अपेक्षा छ । सवारीसाधन खरिदमार्फत व्यवसाय विस्तार गर्न चाहने ग्राहकलाई यसबाट थप सहयोग पुग्ने बैंकले जनाएको छ ।
यसैगरी, बैंकले अटो कर्जा, कृषि कर्जा तथा साना तथा मझौला उद्यम कर्जामा न्यूनतम ब्याजदरमा विशेष अफरसमेत ल्याएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





