पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आफ्नो पहिलो विदेश भ्रमणका क्रममा आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन् ।

प्रधानमन्त्री शाह आज अपराह्न ४ः१५ बजे कतार एयरवेजको उडानमार्फत त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट न्युयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीसँगै प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत सहभागी हुनेछन् । महासभामा परराष्ट्रमन्त्री शिशिर खनालसहितको नेपाली प्रतिनिधिमण्डल पनि सहभागी हुनेछ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा सम्बोधन गर्नेछन् । सम्बोधनका क्रममा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसैगरी, न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।

प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै