काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ । नेपाल प्रहरीले भदौ ३० गते बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीका कारण ४ हजार ८९ जना बेपत्ता रहेको जनाएको छ ।
प्रहरीका अनुसार बेपत्तामध्ये ३ हजार ४७९ जना नेपाली छन्। जसमा २ हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन् । त्यस्तै, ६१० जना विदेशी नागरिक बेपत्ता छन् । विदेशीमध्ये २७२ पुरुष, ३८ महिला र १० जनाको लिङ्ग पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार २८७ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ६ हजार ४०७ पुरुष, २ हजार ८३० महिला र ५० जना पहिचान नखुलेका व्यक्ति रहेका छन् ।
खोज तथा उद्धार अभियानका लागि प्रभावित क्षेत्रमा ७ हजार ९७५ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । बाढीमा परी ६५ जना प्रहरी प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेको प्रहरीको विवरणमा उल्लेख छ ।
१ हजार ३९९ शव तथा अङ्ग फेला
बाढीपछि हालसम्म १ हजार ३९९ वटा शव तथा मानव शरीरका आंशिक अङ्ग फेला परेका छन् । फेला परेकामध्ये ५४४ पुरुष, ३३६ महिला तथा ५१९ वटा आंशिक अङ्ग रहेका छन् ।
प्रहरीका अनुसार पहिचान खुलेका १०३ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ । त्यस्तै, १ हजार २३० वटा शव जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।
पहिचान हुन बाँकी १ हजार ३५५ वटा शवको विवरण प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ ।
डीएनए नमुना संकलन तीव्र
फेला परेका शव तथा मानव अङ्गको पहिचान गर्न प्रहरीले डीएनए नमुना संकलनलाई समेत अघि बढाएको छ । हालसम्म शवबाट १ हजार २८६ तथा बेपत्ताका आफन्तबाट १ हजार ८८९ गरी कुल ३ हजार १७५ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ ।
३ हजार ८८० जना होल्डिङ सेन्टरमा
उद्धार गरिएकामध्ये ३ हजार ८८० जना हाल होल्डिङ सेन्टरमा रहेका छन् । प्रभावित तथा जोखिममा रहेका नागरिकलाई आवश्यक जानकारी र सुरक्षासम्बन्धी सचेतना प्रदान गर्न प्रहरीले २०१ वटा जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरेको छ ।
उक्त कार्यक्रममा हालसम्म ४७ हजार ९२६ जना सहभागी भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा


ट्रेन्डिङ
खबरमुकाम





