धनकुटाको छथर जोरपाटी गाउँपालिका दुई ध्वजे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ । तिन वर्ष अघिबाट सुरु गरेको कार्यमा अहिले एक करोडभन्दा बढी खर्च भइसकेको छ ।
हालसम्म सो स्थानमा कोशी राजमार्गबाट डाँडासम्म पुग्न करिब डेढ किलोमिटर लामो छथर ग्रेटवाल निर्माण गरिएको छ । त्यस्तै ध्वजे डाँडामा लिम्बू जातिको सिलाम साक्मा, मगर जातिको खुर्पेटोको प्रतिमा निर्माण गरिएको छ । त्यस्तै डाँडामा नेपालको राष्ट्रिय झन्डा, लभ स्टेसन निर्माण गरिएको छ । सोही स्थानमा पानी संरक्षण अभियान अन्तर्गत इसिमोडले एक डाले पोखरी निर्माण गरिदिएको छ ।
त्यस्तै वन कार्यालयले समेत सो स्थानमा रिचार्ज पोखरी निर्माणको तयारी गरेको छ । ध्वजे डाँडालाई छथर जोरपाटी गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउन आफूहरू नयाँ सोचका साथ लागि परेको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिनुभयो । सङ्घ र प्रदेशसहित दाताहरूको सहयोगमा पालिकाभित्रका सबै जातजातिको पहिचान झल्कने गरी थप स्तम्भ निर्माण गरिने उहाँको भनाइ छ ।
यो डाँडा करिब २३०० मिटरको उचाइमा रहेको छ । डाँडाबाट सूर्योदय र सूर्यास्तसहित विभिन्न मनोरम दृश्य अवलोकन गर्न पाइन्छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






