सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । बिहीबार प्रदेशसभा सचिवालयमा १६ जना प्रदेशसभा सदस्यले नेपालको संविधानको धारा १८८ (४) तथा कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम १५२ (२) बमोजिम लिखित रूपमा प्रस्ताव दर्ता गराएका हुन् ।
प्रस्तावमा मुख्यमन्त्री कँडेलले प्रदेशसभाको विश्वास गुमाइसकेको उल्लेख गर्दै उनलाई पदमुक्त गर्न माग गरिएको छ । साथै, संविधानको धारा १८८ (५) अनुसार नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ ।
प्रस्ताव दर्ता गराउने सांसदहरूले प्रदेशसभा सचिवालयसँग आवश्यक कानुनी प्रक्रिया अघि बढाउन र नियमावलीअनुसार आगामी प्रदेशसभा बैठकको कार्यसूचीमा उक्त प्रस्ताव समावेश गरी छलफलको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
अविश्वास प्रस्तावमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीसहित राजकुमार शर्मा, कृष्णबहादुर जिसी, उर्मिला विश्वकर्मा, कल्याणी खड्का, जुम्कीत लामा (कार्की), वीरबहादुर शाही, भीमप्रकाश शर्मा, महेन्द्र केसी, मिलन खड्का रोका, रणसिंह परियार, हिक्मतबहादुर विष्ट, वेदराज सिंह, सुरेश अधिकारी, विजया बुढा र कृष्णकुमार विश्वकर्माको हस्ताक्षर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






