काठमाडौं । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी सबै मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार कांग्रेसका चारै जना मन्त्रीले आफ्नो राजीनामा मुख्यमन्त्रीसमक्ष बुझाएका हुन् । उनले राजीनामा स्वीकृतिको प्रक्रिया बाँकी रहेको बताए ।
भण्डारीले राजीनामा बुझाइसकिएको जानकारी दिँदै अब औपचारिक स्वीकृतिको प्रतीक्षा रहेको उल्लेख गरे ।
यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पनि मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकमै कांग्रेसका सबै मन्त्रीले सामूहिक रूपमा पदत्याग गरेको पुष्टि गरे ।
कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामासँगै कर्णाली प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ । अब प्रदेश सरकारको आगामी रणनीति र नयाँ सत्ता समीकरणबारे चासो बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





