
काठमाडौं । निर्देशक जिबी आग्रीले निर्देशन गरेको ’प्रदेशीको बाकश’ बोलको गीत बजारमा सार्वजनिक भएको छ ।
बहु चर्चित लोक गायिका शान्ती श्री परियार र सुरेश शाहीको युगल आवाजमा सजिएको यो गीतको भिडियो सुरेश शाही युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो ।
गीतमा दुर्योधन बस्नेतको शब्द रहेको छ भने, गायक सुरेश शाहीको एरेन्ज रहेको छ । बिरेन्द्र भाट बिपिनले छायाकंन गरेको उक्त भिडियोमा कलाकारहरु शितल केसी, दुर्गा भट्ट, रोम विष्ट, दुर्योधन बस्नेत, सुरेश शाही, प्रेमजंग ठकुरी, नरेश शाही र बब्लु बबालले अभिनय गरेका छन् ।
गीतमा बाल कलाकार आयान शाही र रितिका ढुंगानाको पनि अभिनय रहेको छ । गीतले विदेश जान मन नहुँदा नहुँदै पनि बाध्य भएको कथा वस्तुलाई भिडियोमा समेटको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित
- जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’
- जनकपुर साहित्य महोत्सवमा मधेशको राजनीति र सामाजिक संरचनाबारे गहन मन्थन
- भारतीय पर्यटक आकर्षणका लागि रणनीतिक पहल आवश्यक छः मुख्यमन्त्री सिंह
- ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशम राज रेग्मी नियुत्त
- यसपालीको बजेट कसैको दबाबमा होइन, नागरिकको राय र सुझावमा बन्नेछ : मन्त्री यादव
- सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई सहयोग
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको बिजनेस रिभीउ मीटीङ्ग सम्पन्न