काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन बोर्डको तीन जना सदस्य नियुक्तिमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।
मन्त्री नियुक्त भएसँगै पहिलो पटक पत्रकारहरूसँग छलफलमा बसेका मन्त्री तामाङले आफू आउनु अगाडि नै बोर्ड सदस्यका लागि क्याबिनेटले सदस्य छनोट तथा सिफारिस समिति गठन गरेको र सोही समितिको सिफारिसको आधारमा छनोट भएको बताए ।
‘पर्यटन बोर्डको नवनियुक्त तीन जना सदस्य नै माओवादी निकट भयो, सदस्य छनोटमा विभागीय मन्त्रीको भूमिका रह्यो भन्नेमा कुनै सत्यता छैन’, मन्त्री तामाङले भने, ‘म आउनु अघि नै छनोट समिति बनिसकेको थियो र समितिले ५ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । संयोग म आएपछि बोर्ड सदस्य छनोट गरिएको । तर, यसमा मेरो भूमिका थियो भन्ने होइन ।’
मन्त्रिपरिषद्ले छनोट तथा सिफारिस समिति गठन गरेको र सोही अनुसार मन्त्रिपरिषद्ले सदस्य छनोट गरिएकाले यसमा कुनै दुबिधा राख्नु नपर्ने उनले बताए ।
यसैगरी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि पनि छनोट तथा सिफारिस समिति गठन गरिसकेकाले निष्पक्ष रूपमा योग्य र सक्षम सीईओ छनोट हुने मन्त्रालयका सचिव डा.दीपक काफ्लेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






