काठमाडौँ । सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ ।
कपन साहित्य समाज, बूढानीलकण्ठ १० (कसास) ले आयोजना गरेको ‘नव वर्ष २०८१ को शुभकामना आदानप्रदान एवम् कविता भित्तेपात्रो लोकार्पण समारोह’मा साहित्यकारलगायत सबै संस्कृतिकर्मी र नगरपालिकालगायत सङ्घसंस्थालाई उक्त ऐतिहासिकस्थलको अध्ययन(अनुसन्धान गरी विस्तृत दस्तावेज तयार पारेर सम्पदा सूचीमा समावेशको प्रयास थाल्न अनुरोध गरेको हो ।
त्यस अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख तथा कसासका संरक्षक मिठाराम अधिकारीले साहित्यिक–सांस्कृतिकलगायत अन्य रचनात्मक क्रियाकलाप निरन्तररुपमा आयोजना गर्न आग्रह गरे । साहित्यकार प्रा. शैलेन्दुप्रकाश नेपालले छोटा भएपनि जीवन र जगतका भोगाइ सटिकरुपमा भित्तेपात्रामा समेटिएको बताए ।
साहित्यकार श्यामप्रसाद रिमालले हिरण्यकशिपुलाई वधपछि नृसिंह अवतारका भगवान विष्णुले शीतलता प्राप्त गर्न आएको ‘मृगेन्द्र शिखर’ भनिने लिच्छविपूर्वको बस्ती बूढानीलकण्ठ, शिवपुरी क्षेत्रका सबै पक्षबारे अन्तर्राष्ट्रिय जगतमा परिचित गराउनुपर्ने बताए ।
कसासका अध्यक्ष गणेशकुमार मिश्र, उपाध्यक्ष डा. विष्णु केसी र महासचिव लक्ष्मण अधिकारीले आगामी दिनमा संस्थालाई अझ क्रियाशील बनाएर राष्ट्रियरुपमा स्थापित गराइने प्रतिबद्धता व्यक्त गरे । कसासका उपाध्यक्ष डा. केसी संयोजक तथा सचिव त्रिलोचन आचार्य र सदस्य होमशङ्कर बास्तोला रहेको प्रकाशन समितिको संयोजनमा प्रकाशित ‘कसास कविता क्यालेन्डर २०८१’ मा गद्यपद्य कविता, गीत, गजल, मुक्तक, हाइकु र साइनो गरी साना छोटा ६८ रचना छन् ।
संस्थाले हालसम्म ‘कपन दर्पण’ का ‘स्मारिका २०५८’, ‘कविता विशेषाङ्क २०६२’, ‘पूर्णप्रकाश नेपाल यात्री स्मृति अङ्क २०७२’ र ‘कविता विशेषाङ्क २०६२’ प्रकाशन गरिसकेको छ । कपनमा साहित्यिक गतिविधि बढाउन पूर्णप्रकाश यात्री, घटराज भट्टराईलगायत स्थापित साहित्यकारको उल्लेखनीय योगदान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






