काठमाडौं । नुवाकोटका बाढी प्रभावित नागरिकका लागि श्री श्री श्री महागुरु दिव्य सिद्धि पुरुष जगद्गुरु महाराज शिव शक्ति बाबाले करिब १ लाख ८० हजार रुपैयाँ बराबरको राहत सामग्री तथा नगद सहयोग गरेका छन् । भदौ १५ गते काठमाडौंँबाट राहत सामग्री आफैँ लिएर नुवाकोटको विदुर पुगेका बाबाले बाढी प्रभावित परिवारलाई खाद्यान्न तथा आवश्यक सामग्रीसँगै नगद सहयोगसमेत वितरण गरेका हुन् ।
कठिन परिस्थितिमा रहेका नागरिकलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले उनी व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा पुगेर सहयोग गरेको जनाइएको छ ।
शिव शक्ति बाबाले उपलब्ध गराएको राहत सामग्रीमा चामल, चिउरा, भुजा, दालबुट, भुजिया, फ्रुटी, पानीलगायत विभिन्न खाद्यान्न तथा आवश्यक सामग्री रहेका छन्। साथै, प्रभावित केही नागरिकलाई व्यक्तिगत रूपमा नगद सहयोगसमेत प्रदान गरिएको थियो ।


बाढी तथा पहिरोका कारण प्रभावित नागरिक समस्यामा परिरहेका बेला गरिएको सहयोगले राहतसँगै पीडित परिवारमा आशा र आत्मीयताको अनुभूति गराएको बताइएको छ । विपद्को समयमा सहयोगी हातहरू एकजुट हुनुपर्ने सन्देशसमेत यस मानवीय पहलले दिएको छ ।
शिव शक्ति बाबाको मानवीय सेवाको चर्चा भारतका विभिन्न सञ्चारमाध्यममा समेत भएको जनाइएको छ । छिमेकी देशका सञ्चारमाध्यममा समेत उनको सहयोगले स्थान पाउनु विपद्को समयमा गरिएको मानवीय सेवाप्रति देखाइएको सकारात्मक चासोका रूपमा लिइएको छ ।

विपद्को कठिन घडीमा बाढीपीडितको साथमा उभिँदै राहत तथा नगद सहयोग पुर्याउने शिव शक्ति बाबा तथा सम्पूर्ण सहयोगी हातहरूप्रति आभार व्यक्त गरिएको छ। यस्तो मानवीय पहलले समाजमा सहयोग, सद्भाव र सेवाभावलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग



ट्रेन्डिङ
खबरमुकाम






