काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको मौसममा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। कर्णाली प्रदेशको पहाडी भूभागका थोरै साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
भोलि देशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गर्मी छल्न कुपिन्डे ताल पुग्छन् आन्तरिक पर्यटक
- बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न कपन साहित्य समाजको माग
- ‘इको टुरिजम’ विकास गरिएपछि पर्यटकको रोजाइमा परेको हात्तीदह सिमसार
- भेडेटारमा एक पटकमा दुई सय जना हिँड्न स्काइ वाक निर्माण अन्तिम चरणमा
- वाग्मती सफाइ महाअभियान ११ औँ वर्ष पूराः २० हजार मेट्रिक टन बढी फोहर व्यवस्थापन
- DTMX977 च्याम्पियनसिप सिरिज फिनाले: डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट
- तीन दशकअघिको मधेश चिनाउँदै मण्डलले गरे ‘कल्चरल भिलेज’ सञ्चालन
- वायु सेवा निगमको प्रतिफल देखिने गरी इमान्दारीपूर्वक काम गर्न पर्यटन मन्त्री तामाङको निर्देशन