काठमाडौँ । थुनामा रहेका बालकृष्ण खाणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ ।
पहिलो प्रदेश सम्मेलनका अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा खाणलाई कांग्रेसले सम्मान गरेको हो ।
सम्मेलनका प्रमुख अतिथि सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मान पत्र उनका भाइसमेत रहेका रूपन्देही कांग्रेस सभापति रामकृष्ण खाणलाई हस्तान्तरण गरे ।
‘राजनीतिक र आर्थिक रूपमा पहिले जहिल्यै पनि अभिभावकत्व गर्ने दाजु हाम्रा सामु यहाँ हुनुहुन्न । बालकृष्ण खाणज्यू, उहाँको सम्मान पत्र ग्रहण गरिदिन उहाँका भाइ एवं यस जिल्लाका पार्टी सभापति रामकृष्ण खाणजीलाई सम्मानपत्र ग्रहण गरिदिन अनुरोध गर्दछु,’ सम्मेलनमा उद्घोषकले भनेका थिए ।
लगत्तै जिल्ला सभापति रामकृष्ण सम्मान पत्र बुझ्न पुगे । सभापति देउवाको हातबाट बालकृष्णको सम्मान पत्र उनका भाइ रामकृष्णले बुझेका हुन् ।
खाणमाथि गम्भीर अभियोग लागेकोले केन्द्रीय सदस्यबाट हटाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले पटक पटक माग गरे पनि सभापति देउवाले ‘अदालतबाट अभियोग पुष्टि भइनसकेको’ भन्दै केन्द्रीय सदस्यबाट निलम्बन गर्न मानेका थिएनन् ।
‘सुरूमा प्रदेश कार्यसमिति निर्माण गर्दा केही साथीहरूले आर्थिक सहयोग गर्नुभएको थियो । तीमध्ये अलि राम्रै सहयोग गरेकोमध्ये उहाँ (बालकृष्ण) पनि हो,’ कांग्रेस लुम्बिनी सभापति अम्मरसिंह पुनले भने, ‘अहिलेको भूमिकाका कारण होइन, पहिले आर्थिक सहयोग गरेकोले सम्मान पत्र दिइएको हो। अहिले उहाँ जेलमा हुनुहुन्छ तर आर्थिक सहयोग गरेकाहरूलाई किन छुटाउने भनेर मात्र सम्मान पत्र दिएको हो । आर्थिक सहयोग गर्ने चाररपाँच जनालाई सम्मान गरिएको हो ।’
शनिबारदेखि सुरू लुम्बिनी प्रदेश सम्मेलनमा आज बन्द सत्र हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





