काठमाडौँ । थुनामा रहेका बालकृष्ण खाणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ ।
पहिलो प्रदेश सम्मेलनका अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा खाणलाई कांग्रेसले सम्मान गरेको हो ।
सम्मेलनका प्रमुख अतिथि सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मान पत्र उनका भाइसमेत रहेका रूपन्देही कांग्रेस सभापति रामकृष्ण खाणलाई हस्तान्तरण गरे ।
‘राजनीतिक र आर्थिक रूपमा पहिले जहिल्यै पनि अभिभावकत्व गर्ने दाजु हाम्रा सामु यहाँ हुनुहुन्न । बालकृष्ण खाणज्यू, उहाँको सम्मान पत्र ग्रहण गरिदिन उहाँका भाइ एवं यस जिल्लाका पार्टी सभापति रामकृष्ण खाणजीलाई सम्मानपत्र ग्रहण गरिदिन अनुरोध गर्दछु,’ सम्मेलनमा उद्घोषकले भनेका थिए ।
लगत्तै जिल्ला सभापति रामकृष्ण सम्मान पत्र बुझ्न पुगे । सभापति देउवाको हातबाट बालकृष्णको सम्मान पत्र उनका भाइ रामकृष्णले बुझेका हुन् ।
खाणमाथि गम्भीर अभियोग लागेकोले केन्द्रीय सदस्यबाट हटाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले पटक पटक माग गरे पनि सभापति देउवाले ‘अदालतबाट अभियोग पुष्टि भइनसकेको’ भन्दै केन्द्रीय सदस्यबाट निलम्बन गर्न मानेका थिएनन् ।
‘सुरूमा प्रदेश कार्यसमिति निर्माण गर्दा केही साथीहरूले आर्थिक सहयोग गर्नुभएको थियो । तीमध्ये अलि राम्रै सहयोग गरेकोमध्ये उहाँ (बालकृष्ण) पनि हो,’ कांग्रेस लुम्बिनी सभापति अम्मरसिंह पुनले भने, ‘अहिलेको भूमिकाका कारण होइन, पहिले आर्थिक सहयोग गरेकोले सम्मान पत्र दिइएको हो। अहिले उहाँ जेलमा हुनुहुन्छ तर आर्थिक सहयोग गरेकाहरूलाई किन छुटाउने भनेर मात्र सम्मान पत्र दिएको हो । आर्थिक सहयोग गर्ने चाररपाँच जनालाई सम्मान गरिएको हो ।’
शनिबारदेखि सुरू लुम्बिनी प्रदेश सम्मेलनमा आज बन्द सत्र हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश
- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो
- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन
- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो
- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
- सुनसरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
- नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा
- नेपाल टेलिकमले ल्यायो मनसुन अफर

ट्रेन्डिङ
खबरमुकाम







