कैलाली । धनगढीका मेयर गोपाल हमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफैंले दिएको आश्वासन स्मरण गराएका छन् ।
सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डलाई मेयर हमलाले महोत्सवमै दिएको आश्वासन स्मरण गराएका हुन् ।
‘केही वर्ष पहिले यही महोत्सव उद्घाटन गर्न आउँदा अबको विकास सुदूरपश्चिम केन्द्रीय हुन्छ भन्नू भएको थियो’, मेयर हमालले प्रधानमन्त्रीलाई स्मरण गराउँदै भने, ‘खै त सुदूरपश्चिममा विकास ?’
मेयर हमालले सुदूरपश्चिममा एक मात्र मेडिकल कलेज नभएको एउटा पनि औद्योगिक क्षेत्र नभएको बताउँदै प्रधानमन्त्री प्रचण्डलाई तत्काल ती क्षेत्रमा चासो दिन आग्रह गरेका थिए ।
यसै आथिक वर्ष भित्र मेडिकल विश्व विद्यालयको समस्या समाधान गरेर उद्घाटन गर्ने गरि अघि बढ्न प्रधानमन्त्री प्रचण्डलाई मेयर हमालले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संस्कृतिको जगेर्ना गर्न बेलौरीमा माघी महोत्सव
- खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकहरूलाई एन. आई. सी.एशिया बैंकको अनुरोध
- बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित
- 'माइस' र 'वेडिङु' पर्यटन प्रवर्द्धनका लागि पर्यटन बोर्ड भारतमा
- डोङफेङ नेपालद्वारा विशेष “नामी सेलिब्रेशन ड्राइभ” सम्पन्न
- काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ बार्षिक साधारण सभा सम्पन्न
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा
- होटल गरिमा लिमिटेडले साधारण शेयर निष्काशन गर्ने


ट्रेन्डिङ
खबरमुकाम








