काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने भएको छ । शनिबार नेकपा र नेकपा (एमाले)बीच भएको सहमतिअनुसार दुवै प्रदेशमा नेकपाले सरकारको नेतृत्व गर्ने समझदारी बनेको हो ।
सहमतिअनुसार सुदूरपश्चिममा नेकपा संसदीय दलका नेता खगराज भट्ट र कर्णालीमा मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । उनीहरूको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया संवैधानिक व्यवस्थाअनुसार अघि बढाइने बताइएको छ ।
हाल सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले गरिरहेका छन् । दुई दलबीच सत्ता साझेदारी, मन्त्रालय बाँडफाँट र साझा कार्यक्रमका विषयमा सहमति जुटेसँगै दुवै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको हो ।
यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।
मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेकपाले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





