चितवन । चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले भगिनी सम्बन्ध स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ६ दफा २६ अनुसारका क्षेत्रमा साझेदारी गर्ने गरी दफा २६ को (ट) अनुसार भगिनी सम्बन्ध स्थापना गरिएको हो । दुवै नगर प्रमुखले विभिन्न १० बुँदे अवधारणा पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गरेका हुन् । शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, दमकल, एम्बुलेन्स, बस्ती विकास, पर्यटन पूर्वाधार, संस्कृती, संयुक्त उद्यम, बजार व्यवस्थापन, भौतिक तथा आर्थिक सहयोगलगायतका विभिन्न असल अभ्यास अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध स्थापना गरिएको हो ।
अबधारणा पत्रमा दुवै पालिकाले धार्मिक तथा पर्यटकीय स्थलको स्थानीय तवरबाट प्रचार प्रसार गर्ने, दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजको एकापसमा बजारीकरण गर्ने, उद्यमशीलताको बृद्वि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलता विकास गर्ने लगायतका बुँदा रहेका छन् । उक्त समझदारी पाँच वर्षका लागि हुने छ ।
भरतपुर महानगरकी प्रमुख दाहालले जिल्ला भित्र पहिलो पटक भगिनी सम्बन्ध कायम गरिएको बताइन् । भगिनी सम्बन्ध स्थापनासँगै माडीको विकासका लागि महानगरले सहयोग गर्ने उनले बताइन् । माडी नगरपालिकाका प्रमुख महतोले माडीको सम्भावनालाई उजागर गर्न भगिनी सम्बन्ध फलदायी हुने विश्वास व्यक्त गरिन् । भरतपुरको विकास र अनुभव साटासाट गर्ने वातावरण बनेको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






