काठमाडौँ । कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा १४ जना पक्राउ परेका छन् । मंगलबार मध्यराति साढे १२ बजेतिर घोडाघोडी नगरपालिका २ का २६ वर्षीय मोहन अधिकारीमाथि एक समूहले कुटपिट गरेको थियो ।
कैलालीका प्रहरी प्रवक्ता इन्स्पेक्टेर सन्तोष बस्यालका अनुसार अधिकारी मंगलबार लम्कीचुहा नगरपालिका ९ स्थित डिल्ली कोइरालाको विवाहमा गएका थिए ।
त्यहाँ एक व्यक्तिले उनीसँग चुरोट मागेका थिए । इन्स्पेक्टर बस्यालका अनुसार ती युवकलाई मोहनले चुरोट नदिएपछि विवाद सुरू भएको थियो । त्यही निहुँमा चुरोट माग्ने युवकको समूहले कोइरालामाथि कुटपिट गरेका थिए ।
‘उनीहरू धेरै संख्यामा थिए । मदिराले लठ्ठ थिए । मोहनका साथीहरू भने धेरै रहेनछन् । त्यसैले उनीमाथि त्यो समूहले निर्घात कुटपिट गरेछ,’ इन्स्पेक्टर बस्यालले भने ।
कुटपिटबाट गम्भीर घाइते भएका मोहनको उपचारका क्रममा टीकापुर अस्पतालमा आज बिहान ७ः३५ बजे मृत्यु भएको हो । त्यसअघि उनलाई लालरत्न अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकी कोहलपुर मेडिकल कलेज लगिएको थियो । कोहलपुरबाट टीकापर अस्पताल पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ज्योति विकास बैंकका ग्राहकलाई "Bhotekoshi Heli Resort and Spa Pvt. Ltd." मा विशेष छुट
- एआई नीतिलाई उद्यमशिलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौ ः चेम्बर
- ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान
- हिउँले छपक्कै छोपेको मुस्ताङ–डोल्पा जोड्ने सडक
- नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित
- आदिवासी जनजाति महोत्सवः तीन जातिका नमुना घर निर्माण
- उद्योग दर्तादेखि संचालनसम्म एकद्धार प्रणाली कार्यान्वयन गर्न चेम्बरको सुुझाव
- महालक्ष्मी विकास बैंंक लि.को २४ औं वार्षिक साधारण सभा सम्पन्न


ट्रेन्डिङ
खबरमुकाम







