
सुन्दरहरैँचा । मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराई अस्पताल इनरूवा पु¥याइएकोप्रति ध्यानाकर्षण भएको बताए ।
बेलबारी– ३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा अस्पताल उदघाटन गरिएको थियो । अस्पताल सञ्चालन भइरहेको अवस्थामा स्थानीय नगरपालिकासँग समन्वय समेत नगरी अस्पताल सारिएको बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोइराला) ले आरोप लगाइन् ।
उनले अस्पताल तत्काल फिर्ता ल्याउनसमेत सम्बन्धित पक्षसँग माग गरिन् । उक्त अस्पताल सञ्चालन सम्बन्धमा सम्बन्धित निकायले बेलबारी नगरपालिकाबाट आवश्यक सहयोग नगरेको भनि आएको समाचारप्रति बेलबारी नगरपालिकाले गहिरो खेद प्रकट गरेको छ ।
प्रादेशिक अस्पतालसँग पटक–पटक समन्वय र सहकार्यका लागि आवश्यक छलफल भएको जानकारी गराउँदै बेलबारीको सुरक्षा निकायसहित अस्पताललाई विविध पक्षमा सहयोग गरेको बेलबारी नगरपालिकाका प्रवक्ता राईले बताए । कोशी प्रदेशसभा सदस्य तथा बेलबारी नगरपालिकाका पूर्वप्रमुख ज्ञानेन्द्र सुवेदीले बेलबारीमा अस्पताल पुनःस्थानान्तरणका लागि कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की समक्ष पहल गर्न आग्रह गरिएको बताए । मुख्यमन्त्री कार्कीले चाँडै कोशी प्रदेश प्रहरीका प्रमुख डिआईजीसहित सरोकारवालाको बैठक राख्ने बताएका सुवेदीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
- म्यानमारमा नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो-२०२५ हुँदै
- नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न NMB बैंक, IFC, र EU को साझेदारी
- मुक्तिनाथ विकास बैंकद्धारा कञ्चरपूरमा बैशाखी वितरण कार्यक्रम सम्पन्न
- सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा PAN अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुबिधा थप
- नेपालमा भित्रियो बर्ली एयर कूलर, भब्य रुपमा सार्वजनिक
- बिहीबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने
- राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन