काठमाडौँ । राजधानीमा सम्पन्न सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्तिबारे अनुसन्धान गोष्ठीका वक्ताहरूले देश विकासका लागि के चाहिन्छ भन्ने नै थाहा नभएकाले हामी अझै विकसित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पाटन कलेज अफ प्रोफेसनल स्टडिजमा आयोजित कार्यक्रममा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर डा. मनिष पोखरेलले अन्य मुलुकबाट दाता आएर तिमीहरूको देशमा यो आवश्यक छ भनेर भन्दिनु पर्ने परिस्थितिको अन्त्य नभए सम्म देशले फड्को नमार्ने बताएका हुन् । उनले औद्योगिक क्रान्तिका लागि दिगो विकाससँगै शिक्षाको आवश्यकतामा समेत जोड दिए ।
लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष पंकज जालानले वर्तमान परिप्रेक्ष्यमा सूचना प्रविधि सम्बन्धी व्यवहारिक शिक्षाको महत्वमा जोड दिएका थिए । काठमाडौँ विश्वविद्यालयका कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङका प्राध्यापक डा. सुदन झाले दिगो विकास परियोजना को लक्ष्य र औद्योगिक क्रान्ति बिचको खाडल पुर्नका लागि शिक्षाले नै भूमिका खेल्ने बताए ।
यसैगरी लिङ्कन कलेजका अनुसन्धान प्रमुख डा. सुरेन्द्र न्यौपानेले अनुकूल क्षमता र द्रुत कुशलताले नै सूचना प्रविधिमा फड्को मार्न सक्नेमा जोड दिए भने कार्यक्रममा व्यवस्थापन क्षेत्रका अनुसन्धानकर्ता र विज्ञहरूले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा अनुसन्धानकर्ताहरूका साथै सोही कलेजमा स्नातकोत्तर गरिरहेका विद्यार्थीहरूले आ–आफ्नो अनुसन्धान प्रस्तुत गर्दै नयाँ नयाँ प्रवृत्ति र विकासका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूको अनुसन्धान समेटिएको जर्नल पनि लोकार्पण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
- होर्मुज जलडमरूमध्यबारे इरान–ओमान वार्ता सकारात्मक, तत्काल पूर्ण रूपमा नखुल्ने
- आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

ट्रेन्डिङ
खबरमुकाम







