Dark

सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्तिबारे अनुसन्धान गोष्ठी सम्पन्न

काठमाडौँ । राजधानीमा सम्पन्न सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्तिबारे अनुसन्धान गोष्ठीका वक्ताहरूले देश विकासका लागि के चाहिन्छ भन्ने नै थाहा नभएकाले हामी अझै विकसित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पाटन कलेज अफ प्रोफेसनल स्टडिजमा आयोजित कार्यक्रममा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर डा. मनिष पोखरेलले अन्य मुलुकबाट दाता आएर तिमीहरूको देशमा यो आवश्यक छ भनेर भन्दिनु पर्ने परिस्थितिको अन्त्य नभए सम्म देशले फड्को नमार्ने बताएका हुन् । उनले औद्योगिक क्रान्तिका लागि दिगो विकाससँगै शिक्षाको आवश्यकतामा समेत जोड दिए ।

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष पंकज जालानले वर्तमान परिप्रेक्ष्यमा सूचना प्रविधि सम्बन्धी व्यवहारिक शिक्षाको महत्वमा जोड दिएका थिए । काठमाडौँ विश्वविद्यालयका कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङका प्राध्यापक डा. सुदन झाले दिगो विकास परियोजना को लक्ष्य र औद्योगिक क्रान्ति बिचको खाडल पुर्नका लागि शिक्षाले नै भूमिका खेल्ने बताए ।

यसैगरी लिङ्कन कलेजका अनुसन्धान प्रमुख डा. सुरेन्द्र न्यौपानेले अनुकूल क्षमता र द्रुत कुशलताले नै सूचना प्रविधिमा फड्को मार्न सक्नेमा जोड दिए भने कार्यक्रममा व्यवस्थापन क्षेत्रका अनुसन्धानकर्ता र विज्ञहरूले आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा अनुसन्धानकर्ताहरूका साथै सोही कलेजमा स्नातकोत्तर गरिरहेका विद्यार्थीहरूले आ–आफ्नो अनुसन्धान प्रस्तुत गर्दै नयाँ नयाँ प्रवृत्ति र विकासका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूको अनुसन्धान समेटिएको जर्नल पनि लोकार्पण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै