काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग सोमबार छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग सोमबार बिहान ११ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, चिनियाँ राजदूत चाङ माओमिङसँग अपराह्न ३ बजे भेटवार्ता गर्ने तयारी छ ।
प्रधानमन्त्री नियुक्त भएपछि शाहले यसअघि राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । गत चैत २५ गते भएको उक्त भेटमा विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।
प्रधानमन्त्री शाहले यसअघि विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेटवार्ता नगर्ने नीति लिएका थिए। तर, पछिल्लो समय उनले अन्तर्राष्ट्रिय साझेदारसँग द्विपक्षीय रूपमा छलफल अघि बढाउन थालेका छन् ।
गत असार २३ गते प्रधानमन्त्री शाहले एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग सिंहदरबारमा एक्लाएक्लै भेटवार्ता गरेका थिए । उक्त भेटमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार विकास लगायतका विषयमा छलफल भएको थियो ।
एडीबी अध्यक्षसँगको भेटपछि प्रधानमन्त्री शाहले पहिलोपटक नेपालका दुई प्रमुख छिमेकी भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन् ।
सोमबार हुने यी भेटवार्तालाई नेपाल–भारत तथा नेपाल–चीन सम्बन्धका साथै आपसी सहयोग र समसामयिक द्विपक्षीय विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
- होर्मुज जलडमरूमध्यबारे इरान–ओमान वार्ता सकारात्मक, तत्काल पूर्ण रूपमा नखुल्ने
- आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने
- इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर, अस्पताल भर्ना गरिएको दाबी

ट्रेन्डिङ
खबरमुकाम







