Dark

खेलकुद मन्त्री अथकद्धारा नेपाल स्काउटको अन्तराष्ट्रिय तालिम केन्द्रको अनुगमन (फोटोफिचर)

खबरमुकाम । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाल स्काउटको अन्तराष्ट्रिय तालिम केन्द्रको अनुगमन गरेका छन् । नेपाल स्काउटको प्रमुख स्काउट समेत रहेका मन्त्री अथकले बिहिबार नुवाकोटको ककनीमा रहेको तालिम केन्द्रको स्थलगत निरीक्षण गरेका हुन् । बुधबार बेलुका ककनी पगेका मन्त्री अथकलाई नेपाल स्काउटका कार्यकारी निर्देशक राम प्रसाद भट्टराई,देवराज घिमिरे लगायतले स्वागत गरेका थिए । 

त्यसक्रममा मन्त्री अथकले सहभागी ७ प्रदेशका स्काउटहरुलाई प्रमाणपत्र वितरण गरेका छन् । तालिमका सहभागीहरुलाई सम्बोधन गर्दै मन्त्री अथकले नेपाल स्काउटलाई विश्वकै उत्कृष्ट स्काउटका रुपमा स्थापित गर्नुपर्ने बताए । सेवाभावको विकास गर्ने पवित्र उद्धेश्य बोकेको स्काउटको संस्थागत विकासका लागि मन्त्रालय सम्हालेकै दिनदेखी आफू लागिपरेको बताउँदै मन्त्री अथकले स्काउटको नाममा देशब्यापी रुपमा रहेका संरचनाहरुको संरक्षणमा विशेष जोड दिन आग्रह गरे । 

युवाहरुलाई नैतिक शिक्षा, अनुशासन र राष्ट्रप्रेम सिकाउने संस्थाको रुपमा रहेको नेपाल स्काउटमा राजनीतिक हस्तक्षेप नहोस् भन्नेमा आफू दृढ रहेको बताउँदै मन्त्री अथकले राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा पहिचान बोकेको संस्थालाई अगाडि बढाउन सबैको सल्लाह लिएर अगाडि बढ्ने बताए । 

राज्यका सबै नागरिकहरुलाई कम्तिमा पनि प्राथमिक स्तरको शैन्य तालिम दिनुपर्छ भन्ने आफ्नो  मान्यता रहेको बताउँदै मन्त्री अथकले भने,‘देशभरका सरकारी तथा संस्थागत विद्यालयहरुमा स्काउट तालिम अनिवार्य गर्नुपर्ने देखिएको छ ।’ हरेक घरमा कम्तिमा एक जना ब्यक्ति स्काउट भएमा  त्यो घरको माहौल नै परिवर्तन हुने मन्त्री अथकले विश्वास ब्यक्त गरे । 

नेपाल सरकारले विगतदेखी नै स्काउटको विकासमा लगानी गर्दैै आएको र अबका दिनमा समेत त्यसलाई निरन्तरता दिने बताउँदै मन्त्री अथकले भने,‘नेपाल स्काउटको विकासकालागि आन्तरिक तथा बाह्य लगानी भित्रने खालकोे वातावरण तयार गर्नुहोस ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै