Dark

बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालयले बैंकिङ कसुरमा दुई करोड ५६ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउमा परेका छन् । 

झापा दमक नगरपालिका–१६ घर भइ काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेल पक्राउ परेका हुन् ।

 

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई उच्च अदालत पाटनले २०७७ साल चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र रु दुई करोड ५६ लाख जरिवाना तोकेको थियो । 

 उनलाई बिहीबार रत्ननगर नगरपालिका–११ जिरौनाबाट पक्राउ गरिएको थापाले जानकारी दिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै