• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

जात थाहा पाएर कोठा नदिने घरबेटीविरुद्घ रुपा सुनारको जाहेरी 

काठमाडौं । तल्लो जात भनेर कोठा भाडा नदिएको आरोप लागेका घरबेटीविरुद्घ पत्रकार रुपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् ।

जातकै आधारमा डेरा नदिने घरधनी काठमाडौं महानगरपालिका–११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधानविरुद्घ पत्रकार सुनारले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार विहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् ।

घरधनी प्रधानले आफूलाई सानो जातको भन्दै डेरा भाडामा नदिएको पीडित सुनारको गुनासो छ ।

उनका अनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन् । दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छन् ।

जातीय विभेदको मुद्धा भएका कारण प्रहरीले सजिलै मुद्धा गर्न नमानेको सुनारले बताइन् ।

‘हामी १२ बजे प्रहरीकहाँ पुग्यौँ । जाहेरीको ढाँचामा आवश्यक कागजात सहित गएका हौँ । तर प्रहरीले उजुरी दर्ता गर्नै मानेनँ,’ सुनार भन्छिन्, ‘म एउटा पत्रकार हुँदा हुदै त प्रहरीले उजुरी लिदैन भने आममानिसले कसरी न्यायको अपेक्षा गर्ने ?’

दिनभर प्रहरी कार्यालयमा धर्ना दिएपछि साँझमात्रै प्रहरीले उजुरी दर्ता गरेको उनले बताइन् ।

‘१२ बजेदेखिको निरन्तर दवावले ४ बजेर ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भएँ । साथ दिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद । लडाइँ अझै बाँकी छ,’ जाहेरी दर्तापछि सुनारले सामाजिक सञ्जालमा लेखेकी छिन् । 

मंगलबार कोठा खोज्न घरधनी प्रधानकहाँ पुगेकी सुनारलाई कोठामा बस्ने पक्का पक्की भएपछि जातमा पुगेर अड्किएको थियो ।

घरधनीले जातकै कारण कोठा दिन नसक्ने पछि टेलिफोनमा बताएकी थिइन् । घटनापछि आफुमाथि विभेद भएकोबारे पत्रकार सुनारले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै