Dark

स्थानियको लागि मध्य भोटेकोशीको आइपीओ बिक्री खुल्यो

काठमाडौं । आज बैशाख २१ गतेदेखि मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानियको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

प्रतिशेयर १०० अंकित मूल्यका ६० लाख कित्ता साधारण शेयर कम्पनीले निष्काशन गर्न लागेको हो ।
निष्काशन गरिने कुल शेयरको ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं। ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।
 

त्यस्तै, रहेको ७० प्रतिशत अर्थात ४२ लाख कित्ताको लागि उक्त जिल्लाको अन्य क्षेत्रका बासिन्दाले आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन् ।

छिटोमा जेठ ४ र ढिलोमा जेठ २० गते निष्काशन बन्द गरिनेछ । आईपीओमा नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, नेपाल बंगलादेश बैंक, सिन्धु विकास बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक र बैंक अफ काठमाण्डूका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित क्षेत्रका लगानीकर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम ४ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गरेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै