Dark

स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी चार्टर तथा उद्धार उडान  सञ्चालन हुने 

 

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले  मुलुकको आन्तरिक उडान  बन्द गरेको छ । अन्तर्राष्ट्रिय उडान पनि यही वैशाख २३ गते रातिदेखि बन्द गरिने छ ।  यस अवधिमा आन्तरिक तथा अन्तराष्ट्रिय चार्टर तथा  उद्धार उडान भने नरोकिने एको छ ।

नेपाल र भारतबीच हवाई उडान पनि बन्द नहुने भएको छ । दुई देशबीच सातामा दुई उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । भारतबाट नेपाल आउने यात्रुले १० दिन क्वारेन्टिनमा बस्नु पर्नेछ ।

 

स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुचीकृत गरेका होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरु साताको दुईवटामा सीमित गर्ने निर्णय भएको हो । 

आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानका हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ । चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने जाने यात्रुहरुको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । 

मन्त्रिपरिषद्को गत आइतबार भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो । 

बन्दको समयमा आवश्यकताका आधारमा अनुमति लिएर आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैमा चार्टर्ड तथा उद्धार उडान हुने क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले बताएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै