Dark

सुदूरपश्चिम प्रदेशका ८ जिल्ला ‘पूर्ण खोप सुनिश्चित’ 

बैतडी । बैतडीसहित सुदूरपश्चिमका ८ जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा भएका छन् ।

‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ प्रदेशका ८ जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना  जिल्ला घोषणा गरिएको हो ।

सुदूरपश्चिम प्रदेशको कैलाली बाहेकका अन्य ८ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए ।  
 

‘बैतडी, दार्चुला, बझाङ, डोटी, डडेल्धुरा, बाजुरा, अछाम र कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएका छन् । कैलालीलाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारीमा छौं, बढ्दो कोरोना संक्रमणका कारण प्रभावित भएको छ । कैलालीलाई पनि छिट्टै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्छौं,’ उनले भने ।   

नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चित जिल्ला निर्देशिका तेस्रो संशोधन २०७७ अनुसार प्रदेश सरकारले ८ जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्ने गरेको हो । खोप तालिका अनुसार बालबालिकालाई  नियमित १२ थरिका खोप लगाइएको मापदण्ड पूरा गरेपछि ८ जिल्लालाई पूर्ण खोप सुनिश्चित  जिल्ला घोषणा गरिएको हो ।

बच्चा जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाउने र छुटेका अन्य १६ देखि २३ महिना उमेर समूहका बालबालिका खोज्दै जिल्लाको खोप तालिका अनुसार खोपको मात्रा पु¥याइसकेपछि मात्र जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै