• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

कोरोनाको संवेदनशील सूचीमा २२ जिल्लाः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सरकारको आग्रह

काठमाडौं । कोरोनाभाइरस संक्रमण डरलाग्दो गरि फैलिएको रहेको छ । स्वास्थ्य मन्त्रालयले मुलुकका २२ जिल्लामा सकेसम्म नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

कुनै पनि मार्गबाट देश विदेश जानेआउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरु पूर्णरुपमा नगर्न र नगराउन मन्त्रालयद्वारा विज्ञप्तीमा जारी गरेको छ ।

सार्वजनिक स्थानमा जाने, भीडभाड हुने कामहरु समेत नगर्न र नगराउन समेत मन्त्रालयले आग्रह गरेको छ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको स्थितीमा संवेदनशिल बन्न पनि मन्त्रालयले आग्रह गरेको छ ।


मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रुपमा समेत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै