• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

युवतीलाई भारत बेच्न लैजाने क्रममा प्रहरीद्धारा  उद्धार 

विराटनगर। विराटनगरकी एक युवतीलाई गाडीमा राखेर भारत लाने तयारी गरीरहेको अवस्थामा मोरङ प्रहरीले उद्धार गरेको छ ।

विराटनगर महानगरपालिका–४ की २४ वर्षीया युवतीलाई भारत कटाउन खोजिएको अवस्थामा कंचनपुरबाट सकुशल उद्धार गरेर मंगलबार साँझ विराटनगर ल्याएको हो ।

युवतीलाई अपहरणशैलीमा भारत लैजान खाज्ने विराटनगर महानगरपालिका–१९ का २५ वर्षीय दिनेश मण्डललाई नियन्त्रणमा लिएको प्रहरीका जनाएको छ ।

 सुन लगायतका बहुमूल्य धातुको लोभ देखाउँदै अभिभावकलाई नै प्रलोभनमा पार्दै मण्डलले युवतीलाई गत माघ १० गते विराटनगरबाट लिएर हिँडेका मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जनाएको छ ।

घटना अनुसार टुनामुना गरेर घरबाट सुन निकालिदिन्छु भन्दै युवती र उनका अभिभावकसँग भेट गर्न मण्डल माघ ८ गते घरमै पुगेका थिए ।
प्रहरीका अनुसार आफू धामीझाँक्रीको काम गर्ने बताएका मण्डलले जादु र टुनामुना गरेर घरबाट सुन निकालिदिन्छु भन्दै परिवारलाई नै प्रलोभनमा पारेर ती युवतीलाई भगाउन सफल भएको थिए ।

उनले विराटनगरकै एउटा ज्वेलर्स सुनचाँदी पसलबाट ५० हजार रुपैयाँमा सुन किनेर लग्दै युवतीको घर परिसरमा जमिनमुनी गाडेका थिए । पछि उनले टुनामुना गर्ने भन्दै विभिन्न गतिविधी गरी त्यही सुन निकालेर देखाएकाले परिवारका सदस्य र आफन्त पनि विश्वासमा परेको पाइएको प्रहरी उपरिक्षक खड्काको भनाइ छ ।

अझै धेरै सुन, चाँदी लगायतका बहुमूल्य धातु निकाल्नलाई सातवटा खोलाको पानी बिहे नगरेको कन्या युवतीले जम्मा गरेर ल्याउँदै शुद्ध जलका रुपमा चढाउनुपर्ने बताएर थप विश्वासमा पार्दै मण्डलले युवतीलाई लिएर हिँडेको पाइएको उनको भनाइ छ ।

घरबाट हिँडेकी छोरी र उनलाई लिएर गएका मण्डल नफर्किएपछि आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले मण्डल र युवतीको खोजी थालेको थियो ।

भारत लगिएको आशंकामा प्रहरीले आवश्यक समन्वय गर्दै खोजतलासका लागि सहयोग गर्न भारतीय प्रहरीलाई पनि आग्रह गरिएको थियो ।
लामो समयको अध्ययन एवं अनुसन्धानपछि युवतीलाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको हो । विराटनगर ल्याइएकी युवती भने मानसिक रुपमा विक्षिप्त अवस्थामा छिन् ।

उनी कसैलाई केही पनि कुरा भन्न सक्ने अवस्थामा नरहेकाले थप ‘काउन्सिलिङ’ गर्दै घटनाका बारेमा बुझ्ने र वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको जानकारी खड्काले दिए ।

प्रहरीले मण्डललाई पनि पक्राउ गरेर हिरासतमा राखेर घटनाका बारेमा अनुसन्धान थालेको छ । प्रहरीले खोजी गरिरहेको थाहा पाएपछि तीन महिनासम्म आफ्नो कब्जामा राखेर युवतीलाई उनले कंचनपुर हुँदै भारतको वनवासातिर पु¥याउन खोजेको पुष्टि भएको एसपी खड्काको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै