• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

वर्ष २०७७ सालको शेयर बजार यस्तो रह्यो (विवरण सहित)

काठमाडौँ । नेपाली धितोपत्र बजार लगानीकर्ताका लागि गत वर्ष २०७७ सुखद रह्यो । किनभने सो साल नेपाली धितोपत्र बजारमा नेप्से परिसूचकको वृद्धिक्रम कायम रहिरह्यो ।

बजारमा अधिकतम सकारात्मक परिवर्तन देखा पर्नको साथै नेप्से परिसूचक वर्षको अन्तिम दिन उच्च विन्दुमा पुगेको छ।

नेप्से परिसूचकको सकरात्मक प्रभावको कारण नेपाली धितोपत्र बजारमा नयाँ लगानीकर्ताहरु भित्रिए भने वर्षको अन्तसम्म डिम्याट खाता खोल्नेको सङ्ख्या करिब ३४ लाख पुगेको छ ।
कोरोनाकहरमा भएको लकडाउनले गर्दा लगानीका अन्य क्षेत्रहरु बन्द भएको कारण पनि शेयर बजारमा अधिकतम लगानी भित्रिएको हुन सक्ने अनुमान छ। यसको परिणाम स्वरुप नेप्सेमा कारोबार रकम र नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएको छ। 

अधिकांश लगानीकर्ताहरु हाल अनलाइनमार्फत कारोबार गरिरहेको अवस्था छ। लगानीकर्ताहरुले बताए अनुसार नेपाली धितोपत्र बजारलाई लकडाउनले धेरै हदसम्म प्रविधिमैत्री बनाउन सहयोग पुर्याएको छ। तर कहिलेकाहिँ धेरै लगानीकर्ताहरुको आबद्धता र कमजोर प्रणालीको कारण समस्या भएको पनि देखिने गरेको छ । 

२०७७ सालको अन्तिम कारोबार दिन नेप्से परिसूचक २७१४।७९ विन्दुमा पुगेर रोकियो। जुन हालसम्म कै उच्च विन्दु कहलिएको छ । अघिल्लो साल १२५१।४५ विन्दुमा रोकिएको नेप्से, गत वर्ष कुल ११६।९३ प्रतिशत अर्थात १४६३।३४ अंकले बढ्यो। गत वर्ष ९१ लाख २८ हजार पटक कारोबार भएको थियो । जहाँ ८ खर्ब ५४ अर्ब ७२ करोड रुपैयाँ बराबरको २ अर्ब ८५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।

गत साल लगानीकर्ताहरुलाई उत्साहित पार्ने उद्देश्यले बेलाबेला उपसमूह परिर्वतन गर्दै कारोबार भइरहेको थियोे। जहाँ उपसमूहहरुमा पनि केही परिवर्तन गरिएको थियो। होटल उपसमूहलाई परिवर्तन गरी होटल तथा पर्यटन उपसमूहको बनाइएको थियो। र, लगानी उपसमूह थपिएको थियो । 

सो सालको १३ उपसमूहका परिसूचकमध्ये व्यापारको परिसूचक सर्वाधिक ३१७६।२० अंक अर्थात ४१५।८९ प्रतिशत बढेर ३९३९।९२ विन्दुमा पुगेको छ। अन्य उपसमूहको परिसूचक भने २०१।३४ प्रतिशत बढेको पाइन्छ ।

कारोबार रकमका आधारमा यो वर्ष नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त पुनर्बीमा कम्पनीको ४० अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सको ३९ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३ लाख ५० हजार ७०० पटक शेयर कारोबार भएको छ। समग्रमा २०७७ सालमा सर्वाधिक कारोबार भएका कम्पनीहरुमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, पुनर्विमा कम्पनी लिमिटेड, नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड, रिलायन्स लाइफ इन्सुरेन्स लिमिटेड, ग्लोबल आइएमइ बैँक, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, प्रभु बैँक लिमिटेड, अजोड इन्सुरेन्स लिमिटेड, एनआरएन इन्फास्ट्रकचर एन्ड डेभलपमेन्ट कम्पनी र एनआइसी एसीया बैँक लिमिटेड लागानीकर्ताको रोजाइमा परीरह्यो । सेयर बजारमा उल्लास छाइनै रर्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै