
काठमाडौं । पाकिस्तानको दक्षिणी जिल्ला वजिरिस्तानको सुरक्षा जाँच चौकीमा आक्रमण हुँदा पाँच सैनिकको मृत्यु भएको छ।
दक्षिणी वजिरिस्तानको जवार पोस्टमा बिहीवार राति आक्रमण भएको थियो। पाँच सैनिकको मृत्यु र एक सैनिक गम्भीर घाइते भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
त्यस इलाकामा थप सैनिक परिचालन गरी आक्रमणकारीको खोजी कार्य तिब्र बनाएको सेनाले जनाएको छ। उक्त आक्रमणको जिम्मेवारी पाकिस्तानी तेहरिक–ए–तालिबानीले लिएको छ। हतियारधारी विद्रोहीहरूको गढ भनेर अफगानिस्तानसँग सीमा जोडिएको दक्षिणी वजिरिस्तानलाई चिनिन्छ । तर त्यस क्षेत्र सरकारले व्यापक सैनिक परिचालन गरी सक्रिय विद्रोहीलाई कमजोर बनाउँदै लगेको प्रयास छ।
विद्रोहीहररूले बेलाबखत अझै पनि त्यस क्षेत्रमा सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। यहि महिनाको सुरुमा गोली हानाहान भएको थियो । घटनामा ४ विद्रोही र ४ सैनिकको मृत्यु भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- वालिङ नगरपालिका र नगर विकास कोषबीच वाालिङ बसपार्क निर्माण गर्न ऋण तथा अनुदान सम्झौता
- एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
- पर्यटनको ‘पिक सिजन’ सुरु हुन लाग्दा होटलको प्री बुकिङ ५० प्रतिशत मात्रै
- जुम्ला विमानस्थल विस्तार गर्न ४ करोडभन्दा बढी बजेट स्वीकृत
- सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी, उपचारमा १५ प्रतिशतसम्म छुट
- पूर्व राष्ट्रपति डा. यादव र भण्डारीले खाली खुट्टै पूजाअर्चना गरेः हालका राष्ट्रपति पौडेलले चप्पल लगाएर
- २०७९ को पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासलाई र साधना सम्मान वात्स्यायनलाई
- बर्दिबासमा मधेशकै सबैभन्दा ठूलो ताल बन्दैः चुरे संरक्षणमा स्थानीय सरकार संवेदनशील