• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

 ‘सत्यम्’ मा मलिका र पलको जोडी

खबरमुकाम । नायिका मलिका महत्त र पल शाह एक साथ देखिने भएका छन् । 

 चलचित्र  ‘सत्यम्’मा नायक राजेश हमालको शिर्ष भूमिकामा मलिकाको जोडी भने नायक पल शाहसँग बाँधिनेछ।

पल र मलिकाको जोडीले म्युजिक भिडियोमा समेत चर्चा पाइरहेकाले दर्शकले उनीहरुलाई ठूलो पर्दामा हेर्न चाहेका थिए।

चलचित्र ‘यात्रा’बाट यो क्षेत्रमा पाइला राखेकी मलिकाले दोश्रो चलचित्रको रुपमा ‘पानी फोटो’मा काम गरिरहेकी छिन्। 

शंकर कार्कीको निर्देशनमा बन्न लागेको यो चलचित्रमा अनुप विक्रम शाही, अभय बराल र कृष्ण जोशीको पनि अभिनय रहेको छ ।

यो चलचित्रमा हमालको चार वटा लुक्स हेर्न पाइने निर्माणपक्षले बताएको छ। नवयुग सिनेमाको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा लेखन तथा निर्माण रेशम सापकोटाको रहनेछ।

चलचित्रमा योगेशकाजीको संगीत, कुटुम्ब ब्याण्डको शिर्ष गीत, विदुर पाण्डेको छायांकन रहनेछ। अष्टमान महर्जनको एक्सन रहने चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ। 

आउँदो तिहारपछि मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा यो चलचित्र खिचिनेछ। 

यो चलचित्रमा दक्षिण भारतीय चलचित्रहरुमा आशालाग्दो संभावना देखाएका कलाकार मिलन सिजापति खलपात्रको भूमिकामा देखिदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै