काठमाडौँ । पार्किङ ब्रेकमा समस्या देखिएपछि इजरायलमै रोकिएको नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज शनिबार नेपाल आइपुग्ने भएको छ । इन्जिन मर्मतका लागि इजरायल पुगेको जहाज यसअघि सोमबार नेपाल आइपुग्ने उडान तालिका रहेको थियो ।
निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले इन्जिन मर्मतपछि नेपाल आउन ठिक्क परेको जहाजको पार्किङ ब्रेकमा देखिएको समस्या समाधान भइरहेको र आइतबारदेखि नियमित उडान हुने एक साता ढिलो गरी नेपाल आउन लागेको जानकारी दिए ।
उनले भने, ‘इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई) ले वैशाख १० मा जहाजको इन्जिन मर्मत गरेर हस्तान्तरण गरिसकेको छ । नेपाल आउन ठिक्क परेको जहाजको पार्किङ ब्रेकमा समस्या देखिएपछि पूर्वतालिका अनुसार जहाज नेपाल आउन सकेन । अब शनिबारसम्म जहाज नेपाल आइपुग्छ ।”
प्रवक्ता पुनका अनुसार इजरायलबाट दुबई हुँदै नेपाल जहाजले दुबईबाट यात्रुसहित व्यावसायिक उडान गरेर नेपाल आउने छ । उक्त जहाज दायाँ इन्जिन बिग्रेर पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्रिजमा पठाइएको थियो । पुस २६ गते इजरायल पठाउनुअघि उक्त जहाज झन्डै डेढ महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको थियो । न्यारो बडी जहाज लामो समय ग्राउन्डेड हुँदा निगमले सातामा दर्जनौँ उडान कटौती गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने



ट्रेन्डिङ
खबरमुकाम





