Dark

प्रदेश २ मा कांग्रेस–माओवादी सरकारमा सहभागी हुँदै, चार मन्त्रालय फुटाउने तयारी

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) को एकल नेतृत्व भएको प्रदेश २ मा जसपाको आन्तरिक विवाद पछि सरकारले कांग्रेस र माओवादी केन्द्र सरकारमा ल्याउने तयारी थालेको छ ।

कांग्रेस र माओवादी सरकारमा सहभागी हुनका लागि तयार भएपनि मन्त्रालयमा कुरा नमिल्दा ढिलाससुस्ती भइरहेको छ ।  यसैबीच प्रदेश सरकारले कांग्रेस र माओवादीलाई सरकारमा समेट्न चार मन्त्रालय फुटाउने तयारी थालेको छ ।

अहिले फुटाउन लागिएका मन्त्रालयहरुमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाउने तयारी भैरहेको जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका एक नेताले जानकारी दिएका छन् । 

‘अहिले तत्काल ६ मन्त्रालयलाई १० बनाउने कुरा भएको छ  । कांग्रेस र माओवादीलाई कति मन्त्रालय दिने कुराको टुङ्गो लागेको छैन । आजको छलफलबाट टुङ्गो लाग्ने सम्भावना छ,’’, सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बताए ।

 प्रदेश २ सरकारमा प्रतिनिधित्व गर्न लागेको कांग्रेसले ३ मन्त्रालय र माओवादी केन्द्रले २ मन्त्रालयको माग राखेका छन् । 

जसपा अध्यक्ष ठाकुर र कांग्रेस–माओवादीसँग कुरा मिल्यो भने आजै सरकारमा सहभागी गराउने तयारी रहेको यादव निकटका एक नेताले बताएका छन् ।

कांग्रेस–माओवादीबाट मन्त्री बन्नेहरुमा नाम चर्चामा आएको जस्तो अहिले कुनै कुनै पार्टीले पनि निर्णय गरिनसकेको बताइएको छ । 

जसपाका अध्यक्ष यादव सरकारमा कांग्रेस र माओवादीलाई ल्याउन आफैं सकृय भएर लागि परेका छन् । यतिबेला उनी सत्तासमीकरण मिलाउनकै लागि जनकपुरमा रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै