Dark

खोपमा मिसन कमिसन : ३२ करोड ४३ लाख कमिसनको दाउमा तीन करोड नागरिकको जीवनमाथि खेलबाड

काठमाडौ । सेरम, हुकम र स्वास्थ्य सेवा विभागबीच प्रसार भएका दस्ताबेज भन्छन्- ५० लाख डोज खोप खरिदमा ३२ करोड ४३ लाख रुपैयाँ कमिसन लिने खेल थियो । एजेन्ट यति शक्तिशाली थिए, उनीहरूको विपक्षमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्न सकेन, दबाब र प्रभावबीच मन्त्रालय एक महिनासम्म अनिर्णयको बन्दी हुँदा भारतबाट खोप निर्यात रोकियो ।

२० लाख डोज खोप खरिदमा नौ करोड ३६ लाख कमिसन खाने प्रयास सेरमको पत्रले असफल स् हुकमले प्रतिडोज ४.४ डलरमा खोप ल्याउन स्वास्थ्य सेवा विभागलाई प्रस्ताव दिएको दुई सातापछि सेरमले नै पत्र लेखेर भन्यो- ४ डलरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइदिन्छौँ । पहिलो प्रयासमा हुकम असफल भयो ।

 

कोभिड महामारी सुरु हुनासाथ स्वास्थ्य सामग्री खरिदमा ओम्नी इन्टरनेसनलसँग बदनियतपूर्ण सम्झौता गरेको भनेर आलोचित सरकार खोप खरिदमा पनि बिचौलियाको प्रभावमा परेको छ ।

भारतको खोप उत्पादक सेरम इन्स्टिच्युटको स्थानीय एजेन्टको दबाबमा पर्दा सरकार अनिर्णयको बन्दि बन्यो, जसका कारण तत्काल ५० लाख खोप ल्याउने असाधरण अवसर गुमेको छ । आजको नयाँ पत्रिकामा समाचार छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै