
काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा पनि कटौती गरेको छ ।
सर्वोच्च अदालतले आजदेखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्त्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने भएको हो ।
सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति निकालेर आजदेखि वैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ मात्रै हुने जानकारी दिए ।
उच्च अदालत,जिल्ला अदालत,विशेष अदालत र न्यायाधीकरणहरुको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्याङ्कनका आधारमा उपयुक्त देखिएको काम कारबाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधीकरणहरूले मिलाउने निर्णय सर्वोच्चले गरेको छ ।
काम कारबाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा, रिट तथा निवेदनमा रहेका हदम्याद, म्याद र तारेख नगुज्रने अदालतले जनाएको छ ।
विद्यमान परिस्थितिको मूल्याङ्कन गरी थप निर्णय लिन यही वैशाख ३१ गते सर्वोच्च अदालतको पूर्ण बैठक बस्ने सहप्रवक्ता ढकालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]