नेक्सजेन म्यानेजमेन्ट र लगानी हब बीच व्यवसाय साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी काठमाण्डौंमा आज आयोजित संछिप्त समारोहमा दुवै पक्ष बीच सम्झौता भएको हो। सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गर्नु भएको छ।
मुलुक आर्थिक संकटको दौरबाट गुज्रिरहेको अवस्थामा नयाँ नयाँ उद्योग व्यवसाय गर्नेलार्इ प्रोत्साहन गर्न तथा लगानीको श्रोत पुर्याउन आवश्यक छ। यस्तो अवस्थामा लगानी पुर्याउन लगानी हबले सहयोग गर्ने तथा लगानी पूर्व र लगानी पश्चातको विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने गरी सम्झौता भएको छ।
नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा।लि। सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी सेवा दिने कम्पनी हो। त्यसै गरी लगानी हब प्रा।लि। लगानीको नयाँ नयाँ क्षेत्रको पहिचान गर्ने र ती व्यवसायमा लगानीको श्रोत पुर्याउने गरी स्थापित कम्पनी हो । नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी मन्दिर रोडमा र लगानी हबको कर्पोरेट कार्यालय कमलपोखरीमा रहेको व्यहोरा जानकारी गराउन चाहन्छौं।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






