एनसीसीएस ग्रुपद्वारा रसुवा बाढीपीडितका लागि १० लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि एनसीसीएस ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । एनसीसीएस ग्रुपअन्तर्गतका तीन शैक्षिक संस्थाले छुट्टाछुट्टै रूपमा उक्त सहयोग गरेका हुन्। नेसनल क्रिएटिभ को–एडु स्कुलले ३ लाख रुपैयाँ, एनसीसीएस हायर सेकेन्डरी स्कुलले ३ लाख रुपैयाँ र नेसनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस)ले ४ लाख रुपैयाँ सहयोग गरेका छन् ।

विपद्का समयमा प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको एनसीसीएस ग्रुपले जनाएको छ ।

भोटेकोशी बाढीबाट रसुवासहित विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावितको खोज तथा उद्धारसँगै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने अभियान जारी रहेको छ ।

विगत साढे दुई दशकदेखि नेपालको सूचना प्रविधि तथा व्यवस्थापन शिक्षामा योगदान दिँदै आएको एनसीसीएस ‘क्युएए सर्टिफाइड’ शैक्षिक संस्था हो । पकनाजोलस्थित एनसीसीएस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । 

सूचना प्रविधि, व्यवस्थापन तथा व्यावसायिक शिक्षामार्फत विद्यार्थीलाई बदलिँदो विश्व बजारका चुनौती सामना गर्न सक्ने सिर्जनशील र दक्ष जनशक्तिका रूपमा विकास गर्दै आएको एनसीसीएसले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै